घार्मीमा स्वास्थ्य चौकी भवनको निर्माण सम्पन्न

फागुन १६, कास्की – पोखरा महानगरपालिका वडा नं.–१९ घार्मीमा लामाचौर स्वास्थ्य चौकी भवनको निर्माण सम्पन्न भएको छ ।

संघिय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणवाट निर्माण भएको १२ कोठे भवन करिव १ करोड ५० लाख रुपँैयाको लागतमा निर्माण सम्पन्न भएकोे जनाईएको छ ।

भवन निर्माण भएसँगै सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ ।उक्त चौकीवाट हाल वाल स्वास्थ्य, मातृ स्वास्थ्य, क्षयरोग तथा सरुवा रोग नियन्त्रण, नियमित खोप कार्यक्रम, गाउँघर क्लिनिक, विरामी उपचार लगायतका सेवा संचालन भएको स्वास्थ्य चौकीका प्रमुख श्यामसुन्दर आचार्यले जानकारी दिए ।

घार्मीमा स्वास्थ्य चौकी स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजतजयन्ती कार्यक्रम तथा नवनिर्मित भवनको फागुन २१ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले एक कार्यक्रमका विच उद्घाटन गर्नुहुने पोखरा १९का वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए।