रियल म्याड्रिडलेद्धारा इटालियन क्लब एटलान्टालाई १-० गोलले पराजित

 

फागुन १३, काठमाडौ – युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब एटलान्टालाई १-० गोलले पराजित गर्दै जीत हात पारेको छ।

 

वुधवार राति भएको खेलको १७ मिनेटमा एटलान्टा १० खेलाडीमा सीमित बनेको थियो। रेमो फ्रेउलरलाई रेफ्रीले सिधा रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए।

फेरल्यान्ड मेन्डेलाई फल गरेपछि उनलाई रातो कार्ड देखाइएको थियो। १० खेलाडीमा सीमित टिमविरुद्ध रियलले खेल सकिन पाँच मिनेट बाँकी रहदसम्म गोल गर्न चुकेको थियो। ८६ मिने‍टमा मेन्डेले गोल गरेपछि रियलले अग्रता लिएको थियो।

एजेन्सी