घरको छानाबाट खसेर १ जनाको मृत्यु

फागुन १२, काठमाडौ झापा दमक नगरपालिका -१ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको छ ।

मंगलबार दिउसो ३ बजे छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाईते भएका दिल बहादुर कुमालको घोपा धरानमा उपचारको क्रममा रातको साढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमक झापाले जनाएको छ ।