ओली समूहको नेकपाको बैठक बस्दै

फागुन १२, काठमाडौं  – नेपाल कम्युनिष्ट पार्टी ओली समूहले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालतको फैसलापछिको विषयमा छलफल गर्न भन्दै बैठक बोलाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेको छ । यसै विषयमा छलफल गर्न ओली समूहले बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको हो।

गत पुस ५ गते प्रधानम्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेपि भण्डारीले गरेको संसद विघटन मंगलबार सर्वोच्चले उल्ट्याइदिएको थियो । त्यसपछिको परिस्थितिमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।