महिला लिग – आज वालिङ र चन्द्रपुर भिड्दै

फागुन ६, काठमाडौं राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका भिड्ने छन् ।

वालिङ ११ खेलमा १४ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ । चन्द्रपुर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

लिगको उपाधि भने एपीएफले जितिसकेको छ ।