मेन्टीको बिटा भर्सन वेबसाइट र प्ले स्टोरमा सार्वजनिक

फागुन ५, काठमाडौ – नेपाली अनलाइन सिकाई प्लेटफर्म मेन्टीले आफ्नो बिटा भर्सन बेवसाईट र प्ले स्टोरमा सार्वजनिक गरेको छ । यस अनलाइन प्लेटफर्म मंललवार सरस्वती पूजाको दिन सिभिल मलमा एक कार्यक्रम बिच उद्घाटन गरेको हो । अनलाइन प्लेटफर्म मार्फत मेन्टीले अहिले कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई लक्षित गर्दै पाठ्यक्रम र क्लासहरु वेबसाइट मार्फत सार्वजनिक गरेको छ । यसका साथै अन्य दिनहरुमा यसलाई बिस्तार गर्दै लगिने  सिइओ सुदिल न्यौपानेले बताए । उनले भने ‘यो शुरुवाती मात्रै हो, आउदा दिनहरुमा नर्सरी देखि मास्टरसम्म सम्पुर्ण कोर्सहरु थपिदै लगिने छ ।’ यसका साथै अतिरित्त क्रियाकलापहरु र शिक्षकहरुको जिवनस्तर र सिकाइको दायारालाई समेत पनि समावेश गर्दै लगिने उनले जानकारी दिए ।

के हो मेन्टी ?

मेन्टी एक अनलाइन सिकाई प्लेटफर्म हो । यो नेपालमा पहिलोपटक लर्निङ प्रबिधिमार्फत क्लासहरुको शुरुवात गरेको हो । नेपालका गांउ गांउका ब्यत्तिहरुले आफ्नै स्थानमा बसेर बिश्वभरका प्रतिस्पर्धीहरुसंग प्रतिस्पर्धा गर्न सकुन भन्ने उदेश्यका साथ सञ्चालनमा ल्याएको सिइओ  न्यौपानेले बताए । उनले भने ‘मेन्टी एउटा यस्तो प्लेट फर्म हुनेछ , जहां एउटा बच्चाले एबीसिडी सिक्न शुरु गरे देखि उसले पेन्सन पाक्दा सम्म चाहिने सम्पुर्ण ज्ञान एकै ठांउमा पाउन सक्नेछन् ।’ थपजानकारीका लागि मेन्टीको वेबसाई www.gomentee.com मा गएर हेर्न सक्नु हुनेछ ।