राजु निर्माता बन्दै, ‘प्रेमगन्ज’ बनाउने घोषणा

फागुन ३, काठमाण्डौँ – विगत २५ वर्ष देखि नेपाली फिल्म क्षेत्रमा स्पट ब्वायको रुपमा काम गर्दै आएका राजुले परिच्छेद सेनको निर्देशनमा प्रेमगन्जु निर्माण गर्ने भएका छन्। राजुले प्रेम दिवसको अवसर पारेर आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत फिल्म प्रेमगन्जुको औपचारिक घोषणा गरेका हुन्।

राजु हाल एउटा भोजपुरी फिल्मका लागि भारतमा छन्। उनले सगुनदेखि ए मेरो हजुर ३ु सम्म आउँदा लगभग तीन सय बढी फिल्ममा काम गरिसकेका छन्। उनी ११ वर्षको उमेरमा फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्। यस फिल्मका कलाकार भने फाइनल हुन बाँकी रहेका छन्।
चलचित्र चौतारीु को ब्यानरमा निर्माण हुन लागेको प्रेमगन्जु प्रेमकथामा आधारित हुने बताइएको छ।