‘टाढा भए पनि’ मा पल र मलिकाको अभिनय

फागुन ३, काठमाडौं – नायक पल शाह र मलिका महत फिचर्डमा म्युजिक भिडियो ‘टाढा भएपनी’ सार्वजनिक भएको छ ।

केन्द्र मोसन्स पिक्चर्स युट्युब च्यानल बाट रिलिज गरिएको गीतलाई फिमेल भर्जनमा कभर गरिएको हो ।

गीतमा आवाज अस्मिता अधिकारीले दिएकी छिन । उर्गेन डोङको शब्द संगीत र एरेन्ज रहेको गीतको भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका छन् ।

उज्वल जोशीको छायाङ्कन ,सम्पादन र कलरिङ्मा म्युजिक भिडियोलाई तयार पारिएको हो ।