माघ २८, काठमाण्डौँ – मुलुकमा बढ्दै गएको बलात्कारपछि हत्या भएका घटनाहरुबिरुद्ध बृहत नागरिक आन्दोलनले “सिंहदरबार महिला मार्चपास”को आयोजना गर्ने भएको छ ।
एक बिज्ञप्ति जारी गर्दै उसले शुक्रबार हुने मार्च पासमा सम्पूर्ण न्यायप्रेमी नागरिकहरुमा सहभगी हुन पनि आह्वान गरेको छ । बलात्कारसहित सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको अन्त्य गर्न आफूहरु आन्दोलनरत रहेको बृहत नागरिक आन्दोलनले जनाएको छ ।
शुक्रबार हुने मार्चपासका लागि दिउँसो २ बजे बसन्तपुरमा भेला हुने र न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मुलगेटसम्म मार्चपास हुने बिज्ञप्तिमा जनाइएको छ ।
बिज्ञप्तिमा समाजमा दोस्रो जर्दा तोक्यौ, संविधान न्यायसँगत हुन दिएनौ, राज्य फेरिएको दावी गर्यौ, हाम्रो नियति फेर्न दिएनौं, ए पितृसत्ताका रक्षकहरु हो । नयाँ खेलमा पुराना नङ्ग्रा कतिन्जेल लुकाउछौ भन्दै प्रश्न गरिएको छ । त्यस्तै सरकारलाई सडकबाटै चुनौति दिने पनि उल्लेख गरिएको छ ।
त्यस्तैगरी बिज्ञप्तिमा सरकारलाई एकपछि अर्को बलात्कारलाई मुकदर्शक भई हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौँ अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता चाहिन्दैन । यसलाई अब कसरी र कहिलेसम्म टिकाउछौं भन्दै प्रश्न गरिएको छ ।
मैना सुनुवार देखि निर्मला पन्तसम्म, अंगिरा पासी देखि भागरथि भट्टको बलात्कार पछि हत्या भएको जस्ता सिलसिलाहरु सँधैका लागि बन्द हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने बृहत नागरिक आन्दोलनले माग गरेको छ । पुरुष प्रधान कानुन र सत्ताको आडमा कुनै अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु नहुने भन्दै घर, संविधान, संस्था र कानुनसमेत बदल्नुपर्ने आन्दोलनले माग गरेको छ ।
बिज्ञप्ति