प्रिमियर लिग – म्यानचेस्टर सिटीसँग लिभरपुल पराजित

माघ २६, काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ ।

चौँथो स्थानमा रहेको लिभरपुललाई ४ १ गोलले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । जितसँगै म्यानचेस्टर सिटीको ५० अङ्क भएको छ ।

यस्तै पाँचौँ स्थानमा रहेको चेल्सीले सेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गरेको छ ।

तेस्रो स्थानमा रहेको लिसेस्टर सिटी र उल्भर ह्याम्पटन वान्डरसबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

गएराति नै भएको अर्को खेलमा आठौँ स्थानमा रहेको टोटनह्याम हटस्परले वेष्ट ब्रोमलाई २–० गोलले पराजित गरेको छ ।