मेघा वर्षा सँग अनुभवको ‘ओके माया’ हेरौ भिडियो

माघ २६, काठमाडौं – म्युजिक भिडियो ‘ओके माया’ सार्वजनिक भएको छ ।

अस्मिता अधिकारी र अर्जुन मिश्रको आवाज रहेको गीतको शब्द र संगीत गायक मिश्रकै रहेको छ ।

काजिस श्रेष्ठले भिडियोको कोरीयोग्राफी र निर्देशन गरेका छन् । अनुभव रेग्मी र ट्विन्स् मेघा र वर्षालाई भिडियोमा फिचर्ड गरिएको छ ।

बाल कलाकार अमृत सुबेदीलाई पनि भिडियोमा देख्न सकिने छ । विनोद बाम ले भिडियो सम्पादन र कलिरिङ् गरेका छन्  ।राजेश घिमिरेको छायाङ्कन रहेको छ।