अञ्जु पन्तको स्वरमा ‘पुरानो घाउ’ सार्वजनिक

माघ २३, काठमाडौं  – गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । चन्द्र प्रसाइको शब्द रहेको उत्त गीतको भिडियोमा आकाश र पुजाको अभिनय रहेको छ ।

मेलोडियस शैलीमा तयार पारिएको गजल गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका हुन्, भने बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।

भिडियो  देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् ।