प्रचण्ड-नेपाल समूहको ५ बजेपछि आमहड्ताल फिर्ता

माघ २२, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव नेपाल समूहले आह्वान गरेको आमहड्ताल साँझ ५ बजेबाट सकिने बताइएको छ।

केन्द्रीय पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले ५ बजेपछि आमहड्ताल सकिने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूमा नियुक्ति गरेपछि प्रचण्ड-माधव समूहले आमहड्ताल घोषणा गरेको थियो। साँझ ५ बजेबाट यातायातका साथै सबै क्षेत्रको हड्ताल सकिने तुलाधरले बताए।

५ बजेबाट लामो तथा छोटो दूरीका सबै साधन पूर्ववत् सञ्चालन हुनेछन्। उक्त समूहले तत्कालै नयाँ आन्दोलन घोषणा गरिसकेको छैन। प्रतिनिधिसभा विघटपछि प्रचण्ड-नेपाल समूह आन्दोलित छ।