चैत्र २७ मा ‘कृष्ण–लीला’

माघ २१, काठमाण्डौँ – अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री अभिनित फिल्म ‘कृष्ण–लीला’ चैत २७ मा प्रदर्शन हुने भएको छ । दीपक ओलीको निर्देशन रहेको फिल्म नयाँ बर्ष ०७८ को छेको पारेर देशव्यापी प्रदर्शनमा आउन लागेको हो ।
आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने निर्मातामा प्रकाश कार्की र केवल तामाङ रहेका छन् ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्ममा पुष्प र श्रद्धाका अलवा साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारको अभिनय रहेको छ ।
लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायाँंकन, अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।

फिल्म पूर्वी नेपालको पाँचथर, इलाम, झापालगायत जिल्लाका बिभिन्न रमणीय स्थलमा छायाँंकन गरिएको प्रस्तुतकर्ता रोहित कट्टेलले बताए ।