शास्त्रीय गजल ‘वेदनाको भेल’ सार्वजनिक

माघ २१, काठमाडौँ  – शास्त्रीय गजल ‘वेदनाको भेल’ सार्वजनिक  भएको छ ।  डा.केशव शर्माको रचना तथा सन्तोष श्रेष्ठको सङ्गीतमा ‘वेदनाको भेल’ बोलको शास्त्रीय गजल सार्वजनिक गरिएको हो  ।

गजलमा गायक मनोजराज तथा गायिका सुजाता बर्माको स्वर रहेको छ । भिडियोमा गजित र आरोही शर्माले मुख्य भूमिका खेल्नुभएको छ भने नारायण उप्रेती, अनु राई, मनिषा खड्का, विष्णु खड्का, सुवास पोखरेल, सितामैयाँ रचाल, डम्बर खड्काथोकी लगायत कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ ।

भिडियोमा हेमप्रभासको निर्देशन छ अनि गजित विष्ट तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको छ ।