पौडी खेल्दा दुई युवकको डुबेर मृत्यु

माघ २०, ईलाम- ईलाम नगरपालिका-८ स्थित माइबेनी हाइड्रो पावरको ड्याममा पौडी खेल्दै गर्दा दुई जना युवकको डुबेर मृत्यु भएको छ ।

माइजोगमाई गाउँपालिका-५ सोयाङ बस्ने २० वर्षीय शेखर ढकाल र उनकै भाई १८ वर्षीय प्रबिण ढकालको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।