सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट पनि सुरु

माघ २०, काठमाडौ – सिटी एक्सप्रेस मनी ट्रान्सफरले अब ओमान बाट पनि आफ्नो सेवा सुचारु गर्ने भएको छ । ओमानको ख्यातिप्राप्तModern Exchange Co LLC र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ ।

ओमानमा रहनुभएका नेपालीहरुलेModern Exchange Co LLC को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन, नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Modern Exchange Co LLC को तर्फबाट प्रबन्ध निर्देशकMr. Hormuzda B Davarले हस्ताक्षर गरेका छन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।