थारु भाषाको पहिलो एकिकृति भित्तेपात्रो

माघ १८, काठमाडौँ – नेपालमा पहिलो पल्ट थारु भाषाको भित्तेपात्रो विमोचन भएको छ । थारु कल्याणकारीणी क्षेत्रीय सभा देउखर लमहीले आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्य मन्त्री शकर पोख्रेललाई उक्त पात्रो उपाहार स्वरुप हस्तान्त्रण गरे ।

थारु भाषाको उक्त भित्तेपात्रो माघ १ गते थारुमाघी महोत्सवको कार्यक्रम काठमाडौँमा थारु आयोगका अध्यक्ष विष्णु थारुबाट विमोचन भएको थियो । उक्त भित्तेपात्रो थारु कल्याणकारिणी सभा केन्द्रको पहलमा भएको हो ।

कल्याणकारीणी क्षेत्रीय सभा देउखरका सभापति चेतराज चौधरी भन्छन्, “यो भित्तेपात्रोको प्रतिक्रिया राम्रो पाई रहेका छौँ । यसले हामीलाई थप उर्जा दिईरहेको पनि बताए ।”

यसको उद्देश्य थारुहरुले मनाउने पर्वहरुमा एकरुपता ल्याउने भएकोले यो पात्रोलाई गाउँ गाउँमा पुर्योन जरुरी रहेको आई एम गु्रपको संयोजक एम चौधरीले बताए । उनि भन्छन्, स्थानीय, प्रदेश सरकारसंग थारुहरुको विदाको मागको सवालमा यो पात्रोले महत्वपूर्ण भूमिका खेल्ने पनि बताउँछन् ।

कल्याणकारीणी क्षेत्रीय सभा देउखरका महासचिव बाल गोविन्द चौधरी भन्छन् यो भित्तेपात्रो सबै जिल्लामा पठाउने लक्ष्य रहेको छ । हरेक थारु गाउँका अगुवा, बरघर, बुद्धिजीवि, शिक्षक जान्नेमान्ने व्यक्तिहरुको हातमा यो पात्रो पुर्याउनु रहेको छ ।
अधिकांश गाउँहरुमा थारु भित्तेपात्रो पुगिसकेको छ ।

यो भित्तेपात्रोमा पूर्वदेखि पश्चिमसम्म थारुहरुले मनाउने पर्वको बारेमा खुलस्त पारिएको छ ।