एउटै पर्दामा दयाहाङ र प्रकृति

माघ १८, काठमाडौं – दयाहाङ राई र प्रकृति श्रेष्ठ अब छिट्टै एउटै पर्दामा देखिने भएका छन् । सामाजिक विषयमा फिल्म ‘बिहे पास’ निर्माण हुने भएको छ ।

दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहन फिल्म प्रवेश पौडेलले निर्देशन गर्न लागेका हुन् । प्रवेशले यस अगाडि ‘अमेरिका ब्वाइज’ नामक फिल्म निर्देशन गरेका थिए ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा हुन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट सुरु हुने निर्देशक पौडेलले जानकारी दिए ।
आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको फिल्मको अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य जारी छ ।

सामाजिक कथामा कमेडी समेत मिसाइएको फिल्मको सुटिङ तराईका बिभिन्न भागमा हुनेछ ।