प्रचण्ड-नेपाल पक्षीय नेताहरू निर्वाचन आयोगमा चिठी बुझाएर फर्किए

माघ १६, काठमाडौँ – नेकपा प्रचण्ड नेपाल पक्ष निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी नभई फर्किएको छ।

निर्वाचन तयारी र दल दर्ता विषयमा निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्ड(नेपाल समूहका नेताहरूले अध्यक्षद्वय पुष्पकमल दाहाल ुप्रचण्डु र माधवकुमार नेपाल राजधानीबाहिर भएकाले छलफल सहभागी नहुने बताएका हुन्।

प्रचण्ड(नेपाल पक्ष माघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनीतिक कार्यक्रममा छन्।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले प्रचण्ड(नेपाल बाहिर रहेका कारण प्रतिनिधि मनोनयन पनि गर्न नसकिएको चिठी निर्वाचन आयोगमा पठाएका छन्।

अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि पठाउन आयोगले बिहीबार प्रचण्ड(नेपाल र प्रधानमन्त्री केपी ओली पक्षलाई भनेको थियो।

‘माघ १८ गतेपछि उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्न हुन अध्यक्षज्यूको अनुरोध छ,’ ढकालले आयोगमा पठाएको पत्रमा छ।

सोही पत्र आयोगलाई बुझाएर नेताहरू राजेन्द्र पाण्डे र लीलामणि पोखरेलसहित नेताहरू फर्किएका हुन्।

प्रधानमन्त्री ओली पक्ष आयोगमा छलफल गरिरहेको छ। प्रचण्ड(नेपाल विराटनगरमा आयोजित विरोधसभामा छन्।