निर्वाचन आयोगले नेकपाको दुवै पक्षसँग छलफल गर्दै

माघ १६, काठमाडौं  – निर्वाचन आयोगले शुक्रबार नेकपाका दुवै पक्षसँग छलफल गर्दैछ । बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले दुवै समूहका अध्यक्ष आफैँ वा अध्यक्षले तोकेका अधिकारिक ५ जनालाई आयोगले बोलाएको हो । तर छलफलमा दुवै समूहका अध्यक्ष भने सहभागी नहुने भएका छन् ।

आयोगले भने पार्टी विभाजन हुन नसक्ने र अहिले पनि नेकपाका दुवैजना अध्यक्ष रहेको स्पष्ट पारेको छ । दुई समूहमा विभाजन भएपछिका निर्णयहरुलाई आयोगले मान्यता दिन अस्वीकार गरेको छ ।