महिला लिग – त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका बिच प्रतिस्पर्धा हुने

माघ १६, काठमाडौं –  राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिका बिच प्रतिस्पर्धा हुने भएको छ  ।

खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।  ३ खेलमा ४ अङ्क जोडेको आर्मी अङ्क तालिकामा पाँचौं स्थानमा छ । यस्तै चन्द्रपुर ३ अङ्क जोडेर लिगको छैठौं स्थानमा छ ।