नेपालमा कोरोना भाइरसको खोप लगाउन सुरु

माघ १४, काठमाडौँ –  काभिड-१९ विरुद्धको खोप नेपालमा पनि आज बुधवारदेखि लगाउन सुर भयो । विश्व अहिले सम्म पनि कोभिड-१९ को महामारीबाट लडिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले टेकुस्थित शुक्रराज ट्रपिकल सरूवा रोग अस्पतालबाट खोप अभियान सुरू गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आज देशका १२ हजार जनालाई कोरोनाविरूद्ध खोप लगाइने बताएका छन्।

आज कोरोनाविरूद्ध खोप अभियान सुरूवात गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी लगायतलाई खोप लगाउने बताए।
देशका विभिन्न १२० खोप केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाइने मन्त्री त्रिपाठीको भनाइ छ।

भारत सरकारले दश लाख डोज कोरोना खोप अनुदानमा दिएको छ। सरकारले पहिलो चरणमा चार लाख जनालाई खोप लगाउने बताएको छ। पहिलो चरणको खोप कार्यक्रम अबका १० दिनमा सकिन्छ।