थापाले भने :‘श्रीमानहरुको धैर्यता त विशाल छ है ’

माघ १३, काठमाडौं – नेकपाका प्रमुख सचेतक देव गुरुङको रिटमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ भइरहेको छ । आइतबारदेखि शुरु भएको सो रिटको सुनुवाइ मंगलबार पनि चल्नेछ ।

सोमबार गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका हुन् । संवैधानिक इजलाशमा शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली अधैर्य भएको टिप्पणी गरेका हुन् । सोमबारको बसहमा उनले भने –‘प्रधामन्त्री र राष्ट्रपतिले एकछिन पनि धैर्य गर्न सकेनन् ।’ तर, इजलाशमा प्रधानन्यायाधीशसहितका अन्य चार चार न्यायाधिशले धैर्यता देखाएको भन्दै थापाले प्रसंसा गरे । थापाले भने–‘श्रीमानहरुको धैर्यता त विशाल छ है ।’

आइतबारदेखि शुक्रवार अनि, फेरि निरन्तर सुनुवाइ गरेर न्यायाधीशहरुले धैर्यता देखाएको भन्दै थापाले प्रशंसा गरेपछि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले हाँस्दै भने–‘उपाय के छ त ’

शम्भु थापाले ०५२ देखि गाली गरेका माओवादी पूर्व लडाकुलाई प्रधानमन्त्रीले अहिले तानेको देखेर आफु छक्क परेका टिप्पणी गरेका छन् । ‘०५२ देखि लगातार पूर्वलडाकुलाई गाली गर्नुभो’ थापाले भने–‘अहिले खोजी खोजी तान्नुभएको छ ।’

प्रधामन्त्री ओलीले संसद विघटन गरेर आफूमात्र माथि जान खोजेको बताए । संसद विघटन असंवैधानिक भएको जिकिर गर्दै उनले भने–‘कुनै संस्था मासेर आफूमाथि जान खोज्नुहुँदैन ।’

आज पनि शम्भु थापाले बहस गर्नेछन् । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसीले गरिरहेका छन् ।

प्रधानन्यायाधीश जबरा र वरिष्ठ अभिवक्ता थापा सहपाठी हुन् । अन्य अधिवक्तालाई प्रधान न्यायाधिशले समय तोक्ने गरेका छन् । तर, थापालाई जबराले सोध्छन्–‘अब तपाईंलाई कति समय लाग्छ रु’

थापाले आफ्नो बहस ‘कन्टिन्यु’ गर्ने बताएपछि बेन्चले उनलाई मंगलबार पनि समय दिएको हो । ‘सम्भवत यो मुद्दामा पैसा आउँदैन, धेरै किन बोल्नु तर, मंगलबार टुङ्ग्याउँछु,’ सोमबार इजलाशमा उनले भने ।