घुस लिएको अभियोगमा पक्राउ

माघ ९, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको नाप जाँचसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार जिल्ला अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी निरीक्षकद्वय सुमित चौलागार्इँ र मनोज थापा सेवाग्राहीसँग रु पाँच हजार घुस माग्दा माग्दै आज पक्राउ परेका थिए ।

आयोगले उनीहरुलाई जिल्लाको कोटहीमाई गाँउपालिका–१ बोगडियाबाट पक्राउ गरेको हो । आरोपीद्वयको अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।