आफ्नै आमाको हत्या गरेको अभियोगमा प्रेम पक्राउ

माघ ९, तनहुँ – आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका-११ दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरैलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको वताएको छ ।