नेकपाका प्रचण्ड नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

९ माघ, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ।

प्रचण्ड(नेपाल पक्षले जुलुसमा कम्तिमा एक लाख मानिस हुने दाबी समेत गरेको छ। विभिन्न जिल्लाबाट कार्यकर्ताहरू काठमाडौं आइसकेका छन्।

सप्तरी, सिराहा, सर्लाहीबाट कार्यकर्ता आएका छन्। अझै आउने क्रम जारी छ। तर स्वयंसेवकहरूलाई भने जुलुस सम्हाल्न हम्मे हम्मेहम्मे परिरहेको छ।

स्थायी कमिटी सदस्य सहितका नेताहरूको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,शान्तिवाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने छ। त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुने छ।

मुख्य जुलुस पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतली सडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने बताइएको छ।

काठमाडौं उपत्यका नजिक रहेका जिल्लाका कार्यकर्ता प्रदर्शनका लागि आइसकेका छन्।