जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

माघ ७, काठमाडौँ – जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उहाँको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् ।

उनका पारिवारिक सदस्यले पनि कोरोनाका कारण उनको निधन भएको बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।

“मेरा दाजुको कोरोनाभाइरसका कारण निधन भएको छ, उनलाई हिजो मात्रै कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो,” उनका एक भाइले बुधबार भने ।

जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उनि तेस्रो मन्त्री भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

जिम्बाब्बेमा पनि गत सन् २०२० को मार्चदेखि कोरोनाभाइरसको महामारी फैलिन शुरु भएको हो ।