खोप अभियानको तयारी पूरा

माघ ७, काठमाडौँ – मन्त्री त्रिपाठीले नेपालमा खोप अभियानका लागि सबै तयारी पूरा भएको जानकारी दिए । उनले खोप ल्याउने क्रममा कुनै पनि जटिलता नरहेको बताए ।

“खोपका लागि उपयुक्त ७२ प्रतिशतमध्ये तीन प्रतिशत सफाइकर्र्मी चिकित्साकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र एम्बुलेन्सकर्मीलाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिने छ”, मन्त्री त्रिपाठीले भने, “यसका लागि कानूनी, प्रशासनिक, आर्थिक सबै तयारी पूरा भएको छ ।”