प्रमोदको स्वरमा ‘उनको हात मेरो सिरानी’ सार्वजनिक

माघ ७, काठमाडौं – गायक प्रमोद खरेलको स्वरमा ‘उनको हात मेरो सिरानी’ सार्वजनिक भएको छ ।

उक्त गीतमा महेश खड्काको संगीत रहेको छ । रमेश घिमिरेको शब्द र महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री लक्ष्मी बर्देवा, दिना घिमिरे र गीतकार रमेशकै नै अभिनय रहेको छ ।

‘प्रिसन्सा हाउस अफ प्रोडक्सन’ ले निर्माण गरेको गीतको भिडियो प्रिन्स्पन कार्कीले निर्देशन गरेका हुन् । नरेश ऐरको छायाँकन र नविन निरौलाको सम्पादन भिडियोमा रहेको छ ।