समीर आचार्य र रोशनी थापाको ’माकुरी’ सार्वजनिक (भिडियो)

माघ ६, काठमाडौं  – समीर आचार्य र रोशनी थापाको स्वरमा समावेश गीत ’माकुरी’ सार्वजनिक भएको छ ।

मिस्टर आरजे युट्युब च्यानल बाट सार्वजनिक गरिएको भिडियोमा अहिलेका चर्चित कलाकार र मोडेलहरूको न्रित्य रहेको छ ।

हरिस निरौला, उसा उप्रेती, एलिस राई, जिवेश गुरुङ ,स्मारिका र सामारिकालाई लिएर बनाइएको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् ।

गीतमा नवराज कलाउनीको शब्द तथा राजेन्द्र भाट्टको लय सिर्जना रहेको छ । मोहित मुनालको संगीत संयोजन , विकास दाहालको सम्पादन, श्याम श्वेत रसाइलीको मिक्सिङ मास्टरिङ गरिएको गीतको भिडियोलाई पोस्ट प्रोडक्सन नेप सिने फिल्म स्टुडियो बाट गरिएको छ ।