बालसाहित्य समाजमा घिमिरे

माघ ४, काठमाडौँ – नेपाल बालसाहित्य समाजको साधारणसभाले ध्रुवप्रसाद घिमिरेका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजका उपाध्यक्षमा प्रमोद प्रधान, महासचिवमा यशु श्रेष्ठ, सचिवमा यादेवी ढकाल र कोषाध्यक्षमा राजेन्द्रभक्त ढकाल तथा सदस्यमा सुशीला प्रधानाङ्ग, मञ्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे, उद्धव प्याकुरेल, एकाराम सिंह, समन श्रेष्ठ, लालबहादुर भुजेल र कृष्णराज सर्वहारी विजयी भएका छन् ।