राष्ट्रिय भूकम्प सुरक्षा दिवसः निर्माण मापदण्ड पालना गर्न आग्रह

माघ २, काठमाडौँ – ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ यस वर्षको २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुर, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, शिक्षा, भवन र अनुदान व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा आज बिहान हेटौँडामा सन्देशमूलक ¥याली निकालिएको छ ।

स्थानीय भूटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट शुरु गरिएको सो ¥याली सिमाचोक, बुद्धचोक हँुदै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो । सभामा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भौतिक संरचना निर्माण गर्दा सरकारले निर्धारण गरेको मापदण्ड पूर्णरुपमा परिपालन गर्न सबैमा आग्रह गरे ।