‘फाइटर’ मा एकसाथ देखिदै ऋतिक र दीपिका

पुस  २९, काठमाडौं –  बलिउड अभिनेता ऋतिक रोशन र दीपिका पादुकोणलाई राखेर निर्देशक सिद्धार्थ आनन्दले नयाँ चलचित्र बनाउने भएका छन् ।

ऋितिकसँग सहकार्य गर्दै चलचित्र ’फाइटर’ बनाउने पक्का भएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

यस अघि ऋतिकले सिद्धार्थ सँग चलचित्र ’वारमा’ काम गरी सकेका छन्।  एक्सन  कथामै निर्माण रहने चलचित्रमा दीपिका र ऋतिकलाई एकसाथ देखिने खबरले दर्शकहरू उत्साहित छन् ।

केही दीन दीपिकाले चलचित्र धूम ४ मा अभिनय गर्ने खबरले पनि भारतीय सञ्जालमा राम्रो स्थान पाइरहेको थियो