दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईसहित ८ जनालाई ग¥यो निलम्बन

पुष २८, काठमाडौं –  नेकपा विवादमा कारवाही गर्ने र मनोनयन गर्ने दोहोही चलिरहँदा दाहाल–नेपाल समूहको नेकपाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ ।

दाहाल–नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा उनीहरू पार्टी र सरकारको हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ । निलम्बितहरुलाई प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको जनाइएको छ ।

सो समूहले मुख्यमन्त्री राईसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको हो ।