सफल सहकारी आर्थिक सहयोग

पुस २८, काठमाडौँ – पोखरा महानगरपालिका–१७ घारी पाटनद्धारा रक्त सञ्चार केन्द्र भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले रु २५ हजार ५५५ आर्थिक सहयोग गरेको हो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले उपलब्ध गराएको उक्त रकम बराबरको चोक संस्थाका अध्यक्ष वासुदेव पौडेल, निवर्तमान अध्यक्ष हरिप्रसाद बास्तोला र सचिव गणेश श्रेष्ठले सामूहिक रुपमा भवन निर्माण समितिका संयोजक डोलराज पौडेललाई हस्तान्तरण गरे । संस्थाको १३ साधारणसभाका अवसरमा विरौटास्थित सिआरभी प्रहरीलाई माक्स, सेनिटाइजरलगायत स्वास्थ्य समाग्री वितरण गरिएको थियो । रासस