‘काफल गेडी कुटुक्कै’ मा सुशान्त सँग एलिसाको रोमान्स

पुष २७, काठमाडौं ‘काफल गेडी कुटुक्कै’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक समीर मोक्तान र ममता गुरुङको आवाज रहेको गीतको भिडियोमा डान्सर सुशान्त खत्री र एलिसा राईको नृत्य देख्न सकिन्छ ।

गीतमा चर्चित गीतकार डी.पी खनालको शब्द रचना, शकंर थापा ‘स्माइल’ को संगीत तथा उदय राज पौडेलको संगीत संयोजन छ ।

राजीव समरको निर्देशन सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् ।