जनकपुरे रेलमा सरोज र आश्माको अभिनय हेरौ भिडियो

पुष २४, काठमाडौं  – सरोज अधिकारी र आश्मा बिस्वकर्मा फिचर्ड म्युजिक भिडियो जनकपुरे रेलु सार्वजनिक भएको छ ।

अनिल जोशी र अस्मिता अधिकारीको आवाज समावेश गरिएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् ।

गीतको शब्द र संगीत पनि गायक अनिलकै रहेको छ ।  भिडियोलाई सिलम लम्सालले सम्पादन गरेका हुन ।

उत्सव दाहालको छायाङ्कन रहेको भिडियोको गीतमा मोहित मुनाल संगीत संयोजन रहेको छ ।

सेभेन इलाभेन म्युजिक फ्याक्ट्री युट्युब च्यानल बाट गीतलाई रिलिज गरिएको छ ।