साक्षीलाई ‘तिम्रो याद भुलाउँन’ भन्दै नरेश (भिडियो)

पुस २२, काठमाडौं – सञ्चारकर्मी नरेश भट्टराईको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक शिव परीयारको स्वरमा गीत ’तिम्रो याद भुलाउँन’ सार्वजनिक भएको हो  । नरेशको जोडीमा साक्षी लम्साल रहेकी छन्।

मेश रेग्मीको शब्द र संगीतमा तयार पारिएको गीतमा महाराज थापाले संगीत संयोजन गरेका छन् ।

भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन । युवराज वाइबाको निर्देशन रहेको भिडियोको छायाङ्कन निश्चल पौडेलको रहेको छ ।

भिडियोलाई गोत्र एन्टरटेन्मेन्ट च्यानल बाट सार्वजनिक गरिएको छ ।

https://youtu.be/oloDLBqJUxQ