कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने

 

पुष १९, काठमाडौं  – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ । प्रतिनिधि सभा विघटन भए लगत्तै विरोधका रणनीति बनाउन कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

सभापति शेरबहादुर देउवाले सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको प्रतिनिधि सभा विघटन सम्बन्धि मुद्दामा अहिले नै केही भन्न नमिल्ने र अदालतले लोकतन्त्रको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् ।

तर पौडेल पक्षले भने अदालतलाई दबाव दिनका लागि भए पनि सडक तताउनु पर्ने पक्षमा जोड दिँदै आएको छ। आजको बैठकमा पनि पौडेल पक्षले यस विषयमा कुरा उठाउँदैछ।