इरफानको ’द् सङ अफ स्क्रोपियन्स’ २०२१ मा रिलिज

पुस १७, एजेन्सी  -क्यान्सर बाट निधन भएका बलिउड अभिनेता इरफान खानको अन्तिम चलचित्र २०२१ मा प्रदर्शन हुने भएको छ ।

तीन वर्ष अघि चलचित्र ’द् सङ अफ स्क्रोपियन्स’ स्विजरल्यान्डको लाकार्नो फिल्म फेस्टिभलमा प्रदर्शनमा आएको थियो ।

चलचित्रको रिलिज मिति भने तय भैसकेको छैन । ट्रेड एनालिस्ट तरुण आदर्श सामाजिक सञ्जालमा चलचित्रको पिक्चर्स पोस्ट गर्दै “इरफानको अन्तिम चलचित्र द सङ्ग अफ स्र्कोपियन्स’ २०२१ मा रिलिज हुँदै छ ।

अनुप सिंहको निर्देशनमा बनेको चलचित्र प्यानोरोमा स्पट लाइट र ७० एमएम टाल्किजले प्रस्तुत गर्दै छ ।” भनेर लेखेका छन् ।