हिंसाविरुद्ध चित्रकला

पुस १६, काठमाडौँ – शान्तिका लागि शाझा अभियान (कोक्याप) ले द्वन्द्व, जातीय भेद्भाव तथा छुवाछूत, लैङ्गिक हिंसा, अन्याय र अत्याचारसम्बन्धी चित्रकला प्रदर्शन गरेको छ ।

आजदेखि शुरु भएको सो चित्रकला प्रदर्शनीमा चित्रकार रवि मिश्रद्वारा कोरिएका २० चित्र अनामनगरस्थित ‘कार्की निवास’ मा प्रदर्शन गरिएको छ । कोक्यापका कार्यकारी व्यवस्थापक सरोज नेपालले आज जनचाँसो र सामाजिक न्यायका विषयमा सबैको ऐक्यबद्धतासहित आवास बुलन्द बनाउनाका साथै राज्य र नागरिक समाजलाई जवाफदेवी बनाउने उद्देश्यले प्रदर्शनको आयोजना गरिएको जानकारी दिए ।

प्रदर्शनीमा कोभिड–१९ को पछिल्ला नौ महिनालाई विश्लेषण गर्दै समाजमा खान नपाएर ज्यान गुमाउनुपरेको अवस्था, आत्महत्या गर्ने, घरेलु हिंसालाई पनि चित्रमार्फत प्रस्तुत गरिएको छ । रासस