लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ

पुस १६, काठमाडौं – उखु किसानको बक्यौता तिर्न रहेका चिनी मिलका संचालकविरुद्ध सरकारले पक्राउ पूर्जी जारी गरेपछि फरार रहेका लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगन्जबाट आज पक्राउ परेका छन् ।

बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्साको वीरगन्जबाट पक्राउ गरेको हो । किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई यस अगाडी सरकारले पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए।

पक्राउ पछि अग्रवाललाई आवश्यक अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ । लूम्बीनी चिनी मिल सुशिला गोयलको नाममा दर्ता छ ।

तर अंशबन्डा हुँदा सुशिलाका जेठाजू मनोज अग्रवालको भागमा चिनी मिल परेको थियो ।

यसअघि चिनी मिलको स्वामित्व विवाद हुँदा उखु किसानको रकम बक्यौता रहन गएको चिनी मिल व्यवस्थापनले जनाएको थियो ।

लुम्बिनी चिनी मिलले उखु किसानलाई करिब १७ करोड रुपैयाँ भुक्तानी बाँकी छ ।