चलचित्र ‘सम्बन्ध’ को ट्रेलर सार्वजनिक (भिडियो)

पुष १६, काठमाडौं-  कुमार आचार्यको निर्देशन रहेको चलचित्र ‘सम्बन्ध’ को ट्रेलर रिलिज भएको छ ।

प्रेम र एक्सन कथामा मिश्रित चलचित्रको ट्रेलर २ मिनेट ३७ सेकेन्डको रहेको छ िरेड वर्ड प्रोडक्सन युट्युब च्यानल बाट सार्वजनिक गरिएको ट्रेलरमा शिशिर राणा,सपना श्रेष्ठ ,हर्शिका श्रेष्ठ,पुष्कर राउत लगायत कलाकारहरूको अभिनय रहेको छ ।

रामेश्वर हुमागाईँको छायाङ्कन रहेको चलचित्रमा लगानीकर्ताको रूपमा गीता आचार्य, प्रवेश आचार्य ,सरला भण्डारी र अञ्जना श्रेष्ठ रहेका छन् िचलचित्रको कथा संवाद नवीन पन्तको रहेको छ ि