प्रचण्ड माधव समुहले आज काठमाडौमा ८ ठाउबाट जुलुस निकाल्ने

पुष १४, काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।

यसैक्रममा काठमाडौँ उपत्यकामा विभिन्न ८ स्थानबाट र्याली निकालिने तयारी भएको छ ।

नक्साल, बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट निकालिने र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने बताइएको छ ।