स्किन सिटीको कार्यकारी निर्देशकमा वर्षा सिवाकोटी नियुक्त

पुष १४, काठमाडौं –  अभिनेत्री वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको कार्यकारी निर्देशकमा नियुक्त भएकी छिन् । ‘अभिनयसँगै व्यापारिक क्षेत्र पाइला अगाडी बढाएकी वर्षाले सोमबार सामाजिक सञ्जालमा हस्पिटलको कार्यकारी निर्देशकमा नियुक्त भएको जानकारी गराएकी हुन ।

सामाजिक सञ्जाल मार्फत उनले छाला,कपाल तथा नङ सँग सम्बन्धित काम हुने उनले बताएकी छन् । हस्पिटल हाल भैंसेपाटीमा रहेको छ भने बिस्तारै काठमाडौँका विभिन्न स्थानमा शाखा बिस्तार गरीने उनले जानकारी दिइन् ।

उनले लेखेकी छन् ‘चलचित्र उद्योगमा लामो समयदेखि अभिनेत्रीको रूपमा सक्रिय रहेको यहाँहरूलाई थाहै छ । तपाईँहरूको माया, साथ र हौसलाले हो, म चलचित्र उद्योगबाट समाजलाई केही न केही योगदान दिएकी छु भन्ने महसुस गरेकी छु । यसै सन्दर्भमा आज यहाँहरूसमक्ष अर्को एउटा खुसीको खबर शेयर गर्न पाउँदा असाध्यै उत्साहित छु । ’