प्रधानमन्त्री ओलीबिरुद्ध प्रचण्ड माधव समूहको आजदेखि सडक आन्दोलन गर्ने

पुस १०, काठमाडौं केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनको बिरुद्धमा  प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रम घोषणा  गरेको छ   । हिजो बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कार्यसमिति बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलत परिचालन समिटिको कमाण्डर तोकेर २५ सय सदस्य छुट्याइएको छ ।

पहिलो चरणको आन्दोलनको पहिलो दिन आज बिहान ९ बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचन आयोजना पार्टीका केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभा सांसदहरुको उपस्थितिमा प्रदर्शन गरिने बताइएको छ ।

नेकपाको हिजोको बैठकले यो महिनाभरिका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।