सनुप पौडेलको ‘जाली जिन्दगी’ सार्वजनिक

 

पुष ७, काठमाडौं – गायक सनुप पौडेलको स्वरमा ’जाली जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ।

प्रकाश बिष्टले रचेको यस गीतमा शंकर थापा (स्माइल) को संगीत छ।

’पागल प्रेमी’ को कथालाई म्युजिक भिडियोमा उतार्ने काम निर्देशक तथा सिनेमेटोग्राफर नबिनबाबु गुरुङले गरेका छन्। भिडिओमा सुशील तामाङ र रन्जिता गुरुङसँगै बालकलाकार मिजिन लामाले अभिनय गरेका छन्।

भिडियो सम्पादन प्रवीण श्रेष्ठले गरेका हुन्। स्ट्रिट नेपालले उत्पादन गरेको म्युजिक भिडिओ ट्ववेल्भ नोट्सले बजारमा ल्याएको हो।