‘भन्दे’ गीतमा मुकुनको जोडी पवित्रा

पुष ४, काठमाडौं – कलाकार प्रकाश ओझाको ‘भन्दे’ बोलको गीत रिलिज भएको छ ।  ओझाले यसै गीतमार्फत नेपाली गीत संगीतको क्षेत्रमा पुनरागमन गरेका छन् । गीतको शब्द रचना र संगीत गायक ओझाकै रहेको छ  बुधवार ओएसआर डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियोलाई वसन्त निरौलाले निर्देशन गरेका हुन ।

छायांकन सुदिप बरालले गरेको भिडियोमा सम्पादन सुप्रिम पराजुलीको रहेको छ ।गीतको भिडियोमा अहिलेका केही चर्चित सँगै पुराना कलाकारहरूको पनि अभिनय देख्न पाइनेछ ।

अभिनेता मुकुन भुसाल, रवीन्द्र झासँगै अभिनेत्रीहरू पवित्रा आचार्य, छुल्ठिम गुरुङ र प्रिया रिजाल फिचर्ड छन् । ओझाले ’भल्काइ दिन्छु बाख्राको खोर पनि’, ’सोल्टिनी नानी’ जस्ता चर्चित गीत साथै केही टेलीसिरीयल समेत निर्माण गरी सकेका छन् ।