बले सँग रोमान्स गर्दै रुबिना – हेरौ भिडियो

पुष २, काठमाडौं  – बिरु लामा र विष्णु माझीको भोकलमा नयाँ गीत सार्वजनिक भएको छ ।

‘भिरमा सेती गाई’ बोलको गीतलाई केही समय अघि शिव हमालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

शिव हमालको शब्द रचना र संगीत रहेको गीतको भिडियो निर्देशन र कोरीयोग्राफी मौसम हिमालीको रहेको छ ।

सागर लम्साल ‘बले’र रुबिना अधिकारीको अभिनय रहेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन ।

प्रवीण भट्टको सम्पादन ,सुनिल पारीयारको एरेन्ज रहेको गीतको पोस्ट प्रोडक्सन बिपी फिल्म्स नेपालको रहेको छ ।